Section 36
क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने
(१) रोजगारदाता संस्थाले सम्झौतामा तोकिए बमोजिमको शर्त
अनुसार रोजगार उपलब्ध नगराएमा सोको प्रमाण सहित कामदार वा निजको प्रतिनिधिले विभाग समक्ष
क्षतिपूर्ति पाउनका लागि उजुरी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजुरीउपर आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब
देखिएमा विभागले इजाजतपत्रवालालाई वैदेशिक रोजगारमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति
भराई दिने आदेश दिन सक्नेछ ।